+
+
Shares

सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १७:३५

२१ पुस, काठमाडौं । भक्तपुरको इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यासीका २३ वर्षीय रामकुमार बुढाथोकी छन् ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार मंगलबार दिउँसो १ बजे बत्ती जडान गर्ने क्रममा एकजना सडकमा पछारिएको र अर्का व्यक्ति पोलमा नै अड्किएको भन्ने खबर आएको थियो । लगत्तै विजुली काटेर एम्बुलेन्ससहित प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

त्यसक्रममा दुवै घाइतेलाई अस्पताल लगिएकोमा बुढाथोकीलाई चिकित्सकले मृत घोषित गरेका थिए भने अर्का घाइते सिन्धुली घर भइ बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?