+
+
Shares

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महाधिवेशन आयोजक समिति घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १७:५०

२१ पुस, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम महाविधेशन २०७८ मंसिरमा हुने भएको छ ।

काठमाडौंमा सम्पन्न दोस्रो बैठकले महाधिवेशनका लागि आहुतीको संयोजकत्वमा ४७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेको छ ।

समितिमा रमेश सुनुवार, धनकुमारी सुनार, विदुर खरेल, जागृत रायमाझी, बन्धुविक्रम क्षेत्री, राजकुमार हिङमाङ, दीपनारायण दास, ध्रुव पराजुली, नवीन रिमाल, गणेश रसाइली, बुद्धलक्ष्मी महर्जन, राजेश्वरी सुवेदी, लच्छुमण बिक, साधुराम चौलागाई, जीवन दास र पुष्प भण्डारी रहेका छन् ।

यसैगरी, विजय विश्वकर्मा, भानु थापा, करणबहादुर बिसी, आषिश शर्मा, राजेश नेपाली, गोकुल राई, दीपेन्द्र शाही, मिलन अधिकारी, मोहन लकान्द्री, जेपी मोक्तान, नयन नियोङ लिम्बु, कृष्ण विश्वकर्मा, सन्तोष विक, विकास लुङ्गेली, बमबहादुर रसाइली, हरिदेव ठाकुर, रुकु रणपाल, बैद्य ठाकुर, राजु पुडासैनी, सुवास पाण्डे, हरिस थापा, हेम लामा, काल्साङ लामा, महावीर विश्वकर्मा, हिरादेवी दास, सुदर्शन कार्की, भूपाल राई, मोहन राई र बुद्धिराम ठटाल छन् ।

बैठकले संसद विघटन गरेर राजनीतिक संकट उत्पन्न गर्नमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपा र त्यसको गुट संघर्ष निमित्त कारण मात्रै भएको सो पार्टीको ठहर छ ।

‘यो संकटका निम्ति वैदेशिक साम्राज्यवादी चलखेल पनि नाङ्गो रुपमा प्रकट भएको छ’ संयोजक आहुती भन्छन्, ‘त्यो दलाल पुँजीवादी संसदीय व्यवस्थाकै अनिवार्य आङ्गिक प्रकरण बाहेक अरु केही पनि होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?