+
+
Shares

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १९:०८

२१ पुस, काठमाडौं । झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् ।

शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८  नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?