Comments Add Comment

मलाई विस्थापित हुन्छु कि भन्ने डर छैनः इन्दिरा जोशी

गायिका इन्दिरा जोशी भन्ने वित्तिकै दर्शकले चुलबुले, स्टेज क्विनको रुपमा चिन्छन् । केही दर्शकले त उनलाई हट गायिका पनि भन्छन् । तर, उनै इन्दिराले सार्वजनिक गरेको नयाँ गीत ‘बेग हानी गाको’ले प्रेम र विछोडको भावना बोलेको छ । भिडियोमा जातिय विभेद र त्यसले प्रेममा निम्त्याउने वियोगान्त कथालाई प्रस्तुत गरेको छ ।

यो गीतमा इन्दिरा जोशी र कर्माले अभिनय गरेका छन् । उसो त, पछिल्लो केही समयदेखि भाइरल गीतको विगविगी नै छ । गीत लेख्ने सर्जक पनि टिकटक केन्द्रित गीत बनाउँछन् । मोडल हुन् या गायक–गायिका, भ्यूज र टिकटकमा चल्यो भने गीत चलेको हल्ला पिटाउन पछि पर्दैनन् । जसले वास्तविक गीतहरुलाई ओझेलमा पारेको छ । यसले, स्थापित गायक–गायिका पनि पछि पर्ने अवस्था सिर्जना हुँदैछ ।

तर, गायिका इन्दिरा जोशी भने आफूलाई हराउँछु कि भन्ने डर कहिले पनि नभएको बताउँछिन् । इन्दिराले भनिन्–‘मसँग काम नहोला कि, मसँग पैसा नहोला कि । भाइरल गीत गाइन भने म हराउँछु कि । मान्छेले मलाई अस्विकार गर्लान् कि भन्ने सोच मलाई कहिल्यै पनि आउँदैन । स्टेजमा चल्ने गीत नगाउँदा कार्यक्रमको अफर नआउला कि भन्ने पिर पनि मलाई लाग्दैनँ ।’

इन्दिराले आफूले जे काम गर्दा पनि रमाइलो मानेर गर्ने बताइन् । उनले भनिन्–‘म यो क्षेत्रमा आएको नै आउन मन लागेर हो, गाएको नै गाउन मन लागेर हो । पिर मलाई कहिले पनि छैन । कसैले विस्थापित गर्ला कि, म हराउँछु कि भन्ने कुराले म डराउँदिन ।’ इन्दिराले आफूले जे काम गर्दा पनि शतप्रतिशत दिने बताइन् । यदि, गीतसंगीत भएन भने अरु केही काम गर्ने र त्यसमै रमाउने इन्दिराको तर्क छ ।

नेपाल आइडलको निर्णायक नभएको भए तपाई हराउनुहुन्थ्यो भन्छन् नि भन्ने प्रश्नमा इन्दिरा भन्छिन्–‘त्यो पनि एउटा काम नै हो । नेपालको नम्बर १ रियालिटी शोमा निर्णायक हुनु सामान्य कुरा होइन ।’
गायिका जोशीले आफू प्रेममा नरहेको र बिहेको लागि पनि केही नसोचेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment