
Photo Credit : Reuters
२२ पुस, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ परेका छन् । हङकङ प्रहरीले बुधबार दिएको जानकारी अनुसार वर्तमान सरकार हटाउन विपक्षी उम्मेदवारलाई छान्न गरिएको अवैध मतदानमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
बुधार उनीहरुलाई पक्राउको लागि एक हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको थियो । गत जुन महिनामा चीनले हङकङका लागि विवादित सुरक्षा कानुन ल्याएयता सबैभन्दा धेरै मानिसहरु पक्राउ परेका हुन् । हङकङमा हुन गइरहेको संसदीय निर्वाचन एक वर्षका लागि स्थगित भएसँगै स्वतन्त्ररुपमा गत जुलाईमा मतदान भएको थियो ।
हङकङका सुरक्षा सेक्रेटरी जोन लीले अहिले पक्राउ परेको समुहले समाजमा ठूलो नोक्सानी पुर्याउने योजना बनाइरहेको दाबी गरेका छन् । साथै उनले हङकङको प्रशासनले यस्तो कार्य नसहने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4