
२२ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको आठौ बाषिर्क साधारणसभा एवं तेस्रो महाअधिवेशन शुक्रबारदेखि काठमाठौंमा सुरु हुने भएको छ । शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र हुने र शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम रहेको महासघंले जनाएको छ ।
महाअधिवेशन देशभरका ६५ जिल्ला र नगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरु, प्रतिनिधि तथा पर्यवेक्षकहरुले सहभागिता जनाउने महासंघका प्रवक्ता मनोज कुमार शाहले जानकार दिए । निर्वाचनले ५५ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने उनको भनाई छ । संघीय संरचनालाई आत्मसाथ गर्दै महासंघले सात वटै प्रदेशमा प्रदेश महासंघ गठन गरेर प्रदेश महासंघहरुको निर्वाचन समेत सम्पन्न गरिसकेको प्रवक्ता शाहले बताए ।
कोरोना महामारीका कारण सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा र्फकाउने विषय महाधिवेसनको साझा अजेन्डा रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया 4