Comments Add Comment

वायु प्रदूषणबाट जोगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

२२ पुस, काठमाडौं । राजधानीमा बढिरहेको वायु प्रदूषण कम गर्न माग गर्दै बुधबार माइतीघरमा युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरे । विभिन्न प्लेकार्डहरु बोकेर सडकमा आएका उनीहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन् ।

मन्त्रिपरिषदले गत सालमा माघमा पारित गरेको कार्ययोजना लागू गर्नुपर्ने र नेपाललाई प्रदूषणमुक्त देश बनाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

काठमाडौं उपत्यका विश्वको एक नम्बर प्रदूषित शहर बनेको चिन्तासहित काठमाडौंको युवा पुस्ता सरकारलाई ध्यानाकर्षण गराउन स्वतः सडकमा ओर्लेको हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment