२२ पुस, बर्दिया । पार्टी विभाजनपछि तटस्थ रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको गृह जिल्लामा पार्टी एकता अभियान सुरु भएको छ । गौतमको गृह जिल्ला बर्दियामा उनी पक्षका नेता तथा कार्यकर्ताहरुले पार्टी एकताका लागि दबाव दिन अभियान चलाएका हुन् ।
गौतमले पार्टी एकताका लागि दबाव दिन छुट्टै मोर्चा बनाउने चर्चा चलिरहेका बेला उनको गृह जिल्लामा भेला आयोजना गरिएको हो । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको छ ।
तर, गौतम दूवै समूह (ओली र प्रचण्ड–माधव) मा लागेका छैनन् । बरु, छुट्टै भेटवार्ता गर्दै उनले अझै एकता सम्भव भएको अडान लिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4