Comments Add Comment

पोचेटिनो भन्छन्- उत्कृष्ट खेलाडीलाई पीएसजीमा स्वागत छ

२२ पुस, काठमाडौं । माउरिसिओ पोचेटिनो पेरिस सेन्ट जर्मेन पीएसजीमा अनुबन्ध भएपछि अहिले विश्वका नाम चलेका खेलाडीहरु फ्रेन्च क्यापिटल क्लबसँग जोडिन थालेका छन् । आउने समरमा आफ्नो क्लबमा सम्झौता सकिन लागेका नाम चलेका खेलाडीहरु पनि पीएसजी जाने हल्ला र चर्चा छ ।

टोटनहमका डेली अली र बार्सिलोनाका कप्तान लिओनल मेसी पनि पोचेटिनोको अनुबन्ध पछि पीएसजीसँग नाम जोडिएका खेलाडी हुन् ।

अर्जेन्टाइन प्रशिक्षक पोचेटिनोले फ्रेन्च राजधानीमा यी दुई खेलाडीको आगमन हुन सक्ने कुरालाई नकारेका छैन् ।

टोटनहम हट्सपरका पूर्व प्रशिक्षक समेत रहेका पोचेटिनोलाई पीएसजीले मंगलबार आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

बुधबार हुने सेन्ट एटिएने विरुद्धको खेलमार्फत उनले पीएसजीको डकआउट सम्हाल्नेछन् ।

‘हरेक क्लब फरक छन् र यो तुलना गर्न गाह्रो छ,’ पोचेटिनोले प्रेस कन्फ्रेन्समा भने, ‘टोटेनहमको बारेमा कुरा गर्नु मेरो उद्देश्य होइन किनभने म त्यहाँ पहिले थियो, तर अब म पेरिसमा शतप्रतिशत छु ।’

‘हामी सम्भावित अनुबन्धनको बारेमा कुरा गरिरहेका छैनौँ । तर क्लबमा आफैंलाई समायोजन गर्नुपर्छ । र भोलि हाम्रो खेल छ,’ उनले भने, ‘तर मैले भनिसकेकेँ भविष्यमा त्यहाँ त्यस्ता कुराहरुको बारेमा कुरा गर्ने समय आउनेछ । महान खेलाडीहरुलाई पीएसजीमा सँधै स्वागत छ ।’

नेमारलाई मैदानमा कुन स्थानबाट सुहाउँछ भन्ने प्रश्नमा पोचेटिनोले जुन खेलाडीलाई जुन पोजिसनमा सुहाउँछ त्यसैका लागि प्रयास गर्ने बताए । ‘जब नेमार चोटबाट निको भएर फर्कनेछन् । हामी उनलाई उत्कृष्ट तरिकाले देखाउन मद्दत गर्छौँ ।’

पोचेटिनोले सबैलाई राम्रो तरिकाले खेलाउने सिस्टम बनाउन सबैको कुरा सुन्ने बताए । यस्तै उनले किलिएन एमबाप्पेको पनि प्रशंसा गरे ।

‘यो एकदम राम्रो खेलाडीहरूको साथ एक अविश्वसनीय समूह हो, तर यो कुनै समाचार होइन,’ पोचेटिनोले भने, ‘एमबाप्पे जस्ता उत्कृष्ट खेलाडीले धेरै स्थानहरूबाट खेल्न सक्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उसले कसरी खाली स्थानहरूमा अट्याक गर्छन् । हामी यसका गुणहरूको अझ राम्रोसँग उपयोग गर्नका लागि सबैभन्दा राम्रो ठाउँ पाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment