२३ पुस, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड कोपा डेल रेबाट बाहिरिएको छ । गएराति भएको दोस्रो चरणको खेलमा तेस्रो श्रेणीको युडी कोर्नेलासँग १-० को अप्रत्यासित हार व्यहोर्दै एट्लेटिको प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदान कोर्नेलालाई जिताउन एड्रिएन जिमिनेजले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै कोर्नेलालाई जिताउन पर्याप्त बन्यो ।
६३औं मिनेटमा रिकार्ड सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा झरेको थियो ।
प्रतिक्रिया 4