Comments Add Comment

‘केजीएफ २’को टिजर रिलिज

‘केजीएफ’ चलचित्रले बक्स अफिसमा धमकेदार व्यापार गर्यो । अब, यसको मेकर्सले यसको सिक्वेल दर्शकमाझ ल्याउने तयारी गरेको छ । विभिन्न ४ भाषामा रिलिज हुने चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य नायक यशको जन्मदिनको अवसर पारेर टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा यशको साथमा संजय दत्त र रविना टन्डनलाई देखाइएको छ ।

यो चलचित्रको निर्देशन प्रशान्त नीलले गरेका हुन् । चलचित्रमा विजय किरागन्दुरको लगानी छ । चलचित्रमा नायक संजय दत्त अधिराको भूमिकामा देखिएका छन् । चलचित्रमा श्रीनिधी सेट्टी, प्रकाश राज र मालविका अविनाशको पनि अभिनय छ ।

चलचित्रको पोष्ट प्रोडक्शन विगत २ बर्षदेखि चलिरहेको थियो । ‘केजीएफ’को पहिलो सिरिज सन् २०१८ मा रिलिज भएको थियो । कन्नड, तमिल, तेलुगु र हिन्दी भाषामा बनेको यो चलचित्र कैयौं रेकर्ड समेत बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment