Comments Add Comment

प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीलाई पठायो संविधान

२४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ ।

शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको काठमाडौं कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा काठमाडौंवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको पार्टी इन्चार्ज सावित्रा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्रीले नेपाली जनताको न्यायपूर्ण आन्दोलनको उलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम चालेको उनले बताइन् ।

संविधानको रक्षा र कार्यान्वयन गर्नुको साटो मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने योजना अनुसार प्रधानमन्त्रीले असंवैधिनक रुपमा प्रतिनिधिसभा विघटन गरेको पार्टीका सचिव हिमाल शर्माले बताए ।

अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment