Comments Add Comment

माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

२४ पुस, काठमाडौं । माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमिकर्मसियल खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँ-नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउन्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएसमार्फतबाट ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment