+
+
Shares

५५४ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १६:३४
फाइल तस्वीर

२४ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार २६९ नमुना परीक्षण गर्दा १८८ महिला र ३६६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने १९०९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५ हजार २१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५६१ जनाको होम आइसोलेसनमा छन् भने १८२ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?