+
+
Shares

ओलीलाई रावलको जवाफ : भगौडा नम्बर एक तपाईँ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १९:०६

२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् ।

शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए ।

त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर कोही हो भने केपी शर्मा ओली हो ।’

शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको उनले बताए । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपहरुसहित दुई पन्ने पत्र पठाएर ओली अनुपस्थित भएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?