+
+
Shares

प्रधानमन्त्री संसद छाडेर भागेका भगौडा हुन् : गगन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते २०:२७

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको टिप्पणी गरेका छन् ।

संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, संसदको सामना नगर्ने, अनि अदालतलाई प्रभावित गर्न मसँग ६४ प्रतिशत मत भएकाले अर्को संसदबाट सरकार बन्दै सक्दैनथ्यो । त्यसैले संसद भंग गरेँ भन्ने ?’

उनले अघि भने, ‘प्रधाननमन्त्री क्रान्तिकारी होइन, संसद छोडर भागेको भगौडा हो ।’

संसदमा सामना गर्न नसकेर भगौडा जस्तो भागेका प्रधानमन्त्रीले फूर्ती भने युद्ध जितेर आएको भएको उनले टिप्पणी गरे । उनले अघि भने, ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री ओली बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ । त्यही लगाएर आएर बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु त भएन भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’

आउनुस्, संविधान पढौं

संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । थापाले त्यसको पनि जवाफ दिए र खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिए ।

उनले अघि भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’

उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?