+
+
Shares

अदालत र न्यायाधीशहरु परीक्षामा छन् : गगन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २५ गते १६:५०

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दा हेरिरहेको अदालत र त्यहाँका न्यायाधीश पनि परीक्षामा रहेको बताएका छन् ।

लोकतन्त्रमा कहिले काहिँ सन्की साशक निर्वाचित भएर आउने भन्दै संसद भंग भएको र राष्ट्रपति त्यसको साक्षी भएकाले सबैको विश्वास अदालतमा रहेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको परिणाम मान्दिनभन्दा हिजो उनकै छानिछानी नियुक्त गरेका न्यायाधीशले असंवैधानिक निर्णयको विपक्षमा उभिएको भन्दै उनले भने, ‘हिजो कसले बनायो छोडिदिनुस् । अहिले बेञ्चमा बस्नु भएका श्रीमानले हिजो मुठ्ठी कस्नुभयो कि जय नेपाल भन्नुभयो छोडिदिनुस् । तपाईको धर्म, तपाईको कर्तव्य संविधानको रक्षा हो ।’

संसद विघटनको विरोधमा शनिबार चाबहिलमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै थापाले कुनै बेला बीपी कोइरालाले न्यायकर्ताले न्यायको अवहेलना गर्‍यो भने कसैले पनि मर्यादा राख्दैन भनेको स्मरण गरे । भने, ‘गंगोत्रीको जल दुषित भयो भने कुनै पनि जल पवित्र रहन सक्दैन । न्यायको उद्गम स्थल पवित्र रहनुपर्छ ।’

न्यायाधीशले धनगढीको सभा वा कपनको सभा हेर्नुपर्ने, डराउनु पनि नपर्ने केबल संविधान हेर्नुपर्ने उनले बताए । उनले भने, ‘श्रीमानहरुलाई यति मात्र आग्रह गर्न चाहन्छु, याद गर्नुस् । श्री ३ मोहनशम्शरले शासन गर्न पुर्पुरोमा लेखेर आउनुपर्छ भन्दा बीपीले भन्नुभयो, पुर्पुरोमा लेखेका आधारमा शासन गर्ने दिन गए महाराज ।’

‘श्री ३ महाराजसँग टाउकोमा श्रीपेच थियो । सेनाको तगत थियो । तर बीपीको मनबाट, जनताको मनबाट श्री ३ महाराजको भरोसा उडेको थियो, डर हराएको थियो’ उनले अघि भने, ‘श्रीपेच लगाउने रणाजीसँग त भरोसा गएपछि डर हरायो भने आज टोपी लगाउने पनि याद गर्नुपर्छ, भरोसा गयो भयो डर जान्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?