Comments Add Comment

लाइपजिगमाथि डर्टमण्डको शानदार जित, बायर्नलाई फाइदा

२६ पुस, काठमाडौं । एर्लिङ ब्राउट हालान्डले चोटबाट पुनरागमन गर्दै दुई गोल गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-१ ले पराजित गरेको छ ।

लाइपजिग पराजित हुँदा यसको फायदा लिग लिडर बायर्न म्युनिखलाई पुगेको छ । यस्तै तेस्रो स्थानको बायर लेभरकुजन वेडर ब्रेमेनसँग बराबरीमा रोकिँदा बायर्नलाई अर्को पनि फाइदा पुगेको छ ।

लाइपजिगलाई उसकै मैदानमा पराजित गर्न डर्टमढण्डका लागि थप एक गोल जवर्डन सान्चोले गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५५औं मिनेटमा सान्चोले कप्तान मार्को रिउसको पासमा गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । ७१औं मिनेटमा सान्चोको पासमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा रिउसको अर्को पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई ३-० को अग्रता दिलाउँदै जिततर्फ अघि बढाए । ९०औं मिनेटमा लाइपिजगका एलेक्सान्डर सोर्लोथले सान्त्वाना गोल गरे ।

जितपछि १५ खेलबाट २८ अंक जोड्दै डर्टमुन्ड चौथो स्थानमा उक्लेको छ भने शीर्ष तीन स्थानको टिमसंग अंकदुरी घटाएको छ ।

उता लाइपजिगले भने बायर्नलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने मौका गुमायो । १५ खेलपछि बायर्न ३३ अंङ्कसहित शीर्ष स्थानमा रहँदा लाइपजिग ३१ अंकसहित दोस्रो स्थानमा यथावत छ । २९ अंक जोडेको लेभरकुजन तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment