Comments Add Comment

पावर ट्रान्समिसन प्रणालीको समस्याले समग्र पाकिस्तान अँध्यारो

Photo Credit : AP

२६ पुस, काठमाडौं । पाकिस्तानमा शनिबार राति अचानक समग्र मुलुकका अघिकांश सहरमा विद्युत् आपूर्ति रोकिएको छ । पाकिस्तानको ऊर्जा मन्त्रालयले पावर ट्रान्समिसन प्रणालीको फ्रिक्वेन्सीमा गिरावट आएसँगै विद्युत् आपूर्ति रोकिएको बताएको छ । मन्त्रालयका अनुसार शनिबार राति ११ः४१ मा यो समस्या देखिएको थियो ।

मन्त्रालयले फ्रिक्वेन्सीमा गिरावट आउनुको कारण बुझ्ने प्रयास भइरहेको बताएको छ । साथै मन्त्रालयले मानिसहरुलाई धैर्यधारण गर्न पनि आग्रह गरेको छ । पाकिस्तानको कराँची, इस्लामावाद, लाहोर, पेशावर, रावलपिण्डीसहित पाकिस्तानका प्रमुख सहरमा बिजुली गएको थियो ।

पाकिस्तानका सूचना मन्त्री शिबली फराजले प्रणलीमा देखिएको समस्याको कारण विद्युत् आपूर्ति बन्द भएको भए पनि अहिले समस्या समाधानको काम भइरहेको बताएका छन् । पाकिस्तानको जटिल तथा अव्यवस्थित सञ्जालको कारण पाकिस्तानको पावर ग्रिडको कुनै एक क्षेत्रमा समस्या आउँदा समग्र मुलुकमा विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।

ऊर्जामन्त्री ओमार अयुब खानले सामाजिक सञ्जालमार्फत् अहिले चरणबद्धरुपमा सहरहरुमा विद्युत् आपूर्ति पुनः सुरु भइरहेको बताएका छन् । सन् २०१५ मा विद्रोहीले पाकिस्तानको प्रमुख पावर लाइनमा गरेको आक्रमणको कारण पाकिस्तानको ८० प्रतिशत भू–भागमा विद्युत् आपूर्ति रोकिएको थियो । शनिबार भने पाकिस्तानको समग्र विद्युत् आपूर्तिमध्ये ६२ प्रतिशत प्रभावित भएको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment