Comments Add Comment

कोरोना विरुद्धको एन्टिबडी परीक्षण अब विध ल्याबमा

२६ पुस, काठमाडौं । काठमाडौंको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आजैबाटसुरुवात भएको ल्याबले जानकारी दिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने संभावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण गर्ने भएको हो । थाहा नै नभइ शरीरमा एन्टिबोडी बनेको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

यस अघि सस्तो र सरल मूल्यमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले शरीरमा प्रचुर एन्टिबोडी बनेको छ भने खोपको लागि हतार गर्नु नपर्ने सुझाव समेत दिएको छ ।

‘शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनेको छ कि छैन, भन्ने विषय पनि एन्टिबोडी जाँचपछि थाहा पाइने ल्याबले बताएको छ । ल्याबले एन्टिबडी परीक्षणको शुल्क रु.१ हजार तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment