+
+

विद्यार्थीले जलाए मप विश्वविद्यालयका उपकुलपति सिंहको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते १०:०१

२७ पुस, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् ।

उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् ।

आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो ।

विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ, कोरोना अवधिको शुल्क मिनाहको विषयमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

उपकुलपतिले ज्ञापन पत्र बुझ्न नमानेपछि धर्नामा बसेका विद्यार्थीमाथी प्रहरीले लाठीचार्ज, अश्रुग्याँस र हवाईफायर गरेको विद्यार्थीको दाबी छ ।  त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् ।

केही महिनाअघि मात्रै ज्ञापनपत्र बुझाउन उपकुलपति कार्यालय पुगेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य अनिल शाहीमाथि उपकुलपतिको संलग्नतामा उनकै कार्यकक्षमै कुटपिट भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?