Comments Add Comment

जहाँ पान खुवाएर केटी भगाइन्छ

काठमाडौं । दुनियामा विभिन्न समुदाय तथा भौगोलिक क्षेत्रहरुमा विवाहका आ–आफ्ना मौलिक परम्पराहरु छन् । कतिपय बिहे परम्पराहरु निकै अनौठा हुन्छन् ।

छिमेकी मुलुक भारतको मध्य प्रदेशको हरदा जिल्लामा यस्तै अनौठो बिहे परम्परा छ । त्यहाँ बिहेभन्दा अगाडि पान खुवाइन्छ र आफ्नो जीवनसाथी छनोट गरिन्छ ।

हरदा जिल्लाको मोरगढी गाउँमा हरेक वर्ष दीपावलीभन्दा एक हप्ता पछाडि एउटा अनौठो मेला लाग्दछ । त्यसमा ठूलो संख्यामा आदिवासी युवक तथा युवतीहरु सहभागी हुन्छन् । उक्त बजारमा आदिवासी युवा युवतीले एक अर्कालाई पान खुवाएर बिहे गर्ने प्रथा प्रचलित रहेको छ ।

स्थानीय मानिसहरुका अनुसार मोरगढी गाउँमा यो अनौठो परम्परा सदियौँदेखि चलिआएको छ । त्यहाँ दिनभर युवा युवतीहरुसँगै घुम्दछन् र बेलुकी विवाह बन्धमा बाँधिन्छन् ।

पान खुवाएपछि बिहेको घोषणा गरिन्छ । त्यसपछि बेहुलाले बेहुली लिएर आफ्नो घर जान्छ र बेहुलीका बुवा–आमालाई त्यसको जानकारी गराइन्छ ।

छोरीको बिहे भएर बेहुलाको घर पुगिसकेको जानकारी पाएसँगै बेहुलीका बुवा–आमाले उनको खोजीनीति गर्दैनन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment