Comments Add Comment

किर्गिस्तानमा ठूलो अन्तरको जित नजिक जापारोभ

Photo Credit : EPA

२७ पुस, काठमाडौं । किर्गिस्तानमा भएको राष्ट्रपतीय निर्वाचनमा साडिर जापारोभ ठूलो अन्तरले विजयी हुने प्रारम्भिक नतिजाले देखाएको छ । बीबीसीका अनुसार अधिकांश मतगणना सकिँदासम्म जापारोभको पक्षमा ८० प्रतिशत मत खसेको छ । जापारोभ राजनीतिक बन्दी बनेर किर्गिस्तानमा जेल सजाय पनि काटिसकेका व्यक्ति हुन् ।

जापारोभले जितसँगै थप राष्ट्रपतीय अधिकार पनि पाउनेछन् । राष्ट्रपतीय निर्वाचनसँगै भएको जनमतसंग्रहमा संविधान संशोधन गरी राष्ट्रपतिलाई थप अधिकार दिने पक्षमा धेरैले मतदान गरेका हुन् ।

गत अक्टोबरमा भएको संसदीय निर्वाचनसँगै किर्गिस्तानमा राजनीतिक संकट चुलिएको हो । उक्त निर्वाचनको नतिजाबारे विवाद देखिएको थियो । नतिजाको विषयलाई लिएर देखिएको आन्दोलनपछि राष्ट्रपति सुरोनबे जीनबेकोभले राजीनामा दिएका थिए ।

प्रारम्भिक मतगणनामा अगाडि देखिएसँगै जापारोभले भ्रष्टाचारमुक्त खुला सरकार गठन गर्ने बताएका छन् । उनले आफ्नो सरकारले यसअघिको सरकारले गरेको गल्ती नदोहोर्‍याउने स्पष्ट पारेका छन् । उनले मुलुकमा लामो समयदेखि भ्रष्टाचारले जरा गाडेर बसेको उल्लेख गर्दै आफूले भने भ्रष्टाचारलाई नसहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment