Comments Add Comment

भारतभर फैलियो बर्ड फ्लु

Photo Credit : Reuters

२७ पुस, काठमाडौं । भारतमा बर्ड फ्लुको प्रकोप निरन्तर बढ्दो क्रममा देखिएको छ । भारतका कम्तीमा नौ राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ भने केही राज्यमा भने परीक्षणको नतिजा आउन बाँकी छ । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लुको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुराको बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा मरेका थिए । जसमध्ये अधिकांश काग थिए ।

बर्ड फ्लुको संक्रमण देखिएसँगै मानिसहरुलाई पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसहरुलाई भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।

महाराष्ट्रका अधिकारीहरुले सोमबार पछिल्लो दुई दिनमा कम्तीमा आठसय कुखुराहरु मरेको बताएका छन् । उनीहरुका मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको पवर्नी जिल्लाका कलेक्टर मधुकर मगलीकरले बताए ।

आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र दुई सुगा मरेसँगै बन्द गरिएको थियो । यससँगै उत्तर प्रदेशले उक्त चिडियाखानाको १० किलोमिटर वरिपरीको क्षेत्रमा मासुको व्यापारमा रोक लगाएको छ । उत्तर प्रदेशको भोपालबाट पनि मरेका कागको नमुना परीक्षणको लागि पठाइएको छ । त्यस्तै मध्यप्रदेशको सात सहरमा पनि कुखुराको व्यापारमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment