Comments Add Comment

कोरोना महामारीका बीच भारतमा फैलियो बर्ड फ्लु

२२ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१८) को महामारी नरोकिँदै भारतमा बर्ड फ्लुको प्रकोप बढेको छ । भारतका धेरै राज्यमा बर्ड फ्लु फैलिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । भारतको मध्यप्रदेश, राजस्थान, केरला, हरियाणा, हिमाचल प्रदेश र झारखण्डमा ठूलो संख्यामा पन्छीहरु अचानक मरेका छन् । भारतमा बर्ड फ्लु फैलिएको विषयमा विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

भारतको हिमाचल प्रदेशका अधिकारीहरुले दिएको जानकारीअनुसार हिमाचलको काँगडा जिल्लास्थित महाराणा प्रताप सागर क्षेत्र बर्ड फ्लुको केन्द्रको रुपमा देखिएको छ । सोमबारसम्म यो क्षेत्रमा २४ सय प्रवासी पन्छी मरेको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुका अनुसार उक्त क्षेत्रको वरिपरी १० किलोमिटरसम्मको क्षेत्रमा अलर्ट जारी गरिएको छ । यद्यपि अहिलेसम्म कुखुराहरुमा भने कुनै लक्षण देखिएको छैन । किनकी यो क्षेत्रमा कुनै पनि कुखुरा फर्म छैन ।

बर्ड फ्लुको संक्रमण फैलिने आशंकामा महाराणा प्रताप सागरको क्षेत्रमा माछाको व्यापारमा पनि रोक लगाइएको छ । त्यस्तै हिमाचल प्रदेश सरकारले धेरै क्षेत्रमा कुखराको व्यापारमा पनि रोक लगाएको छ । साथै कुखुराजन्य उत्पादन र माछा निर्यातमा पनि रोक लगाइएको छ ।

भारतको मध्य प्रदेशमा पनि संक्रमण फैलिन नदिने सरकारले पन्छीहरु बस्ने स्थानमा डिसइन्फेक्सन गर्ने काम सुरु गरेको छ । मध्यप्रदेशमा बर्ड फ्लुको कारण कागका साथै बकुल्लाहरु पनि मर्न थालेका छन् ।

हरियाणामा भने पछिल्लो केही दिनमा करिब एक लाख कुखुराहरु बर्ड फ्लुको कारण मरेका छन् । विशषज्ञहरुका अनुसार वातावरणीय प्रभावको कारण जुन पन्छीको प्रतिरोधी क्षमता कम हुन्छ, ती पन्छीमा यो रोगको संक्रमण प्राकृतिकरुपमा नै हुन्छ । त्यसपछि यो संक्रमण अन्य पन्छीहरुमा फैलिन्छ । जानकारहरुमा अनुसार यो भाइरस निरन्तर परिवर्तन (म्युटेट) पनि भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment