Comments Add Comment

सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री

२७ पुस, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका सबै समस्या एउटै टेबलमा बसेर हल हुने बताएका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा शतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं बाषिर्क साधारणसभालाई सम्बोधन गर्दै उनले गुनासो गर्ने नभई अग्रगामी रुपमा अगाडी बढ्न सुझाव समेत दिए ।

मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताहरुको राउन्ड टेबल कार्यक्रम गरी बाधा व्यवधान एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको आश्वासन दिए ।

महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपायका विषयमा समेत सुझाव दिनु पर्ने धारणा राखिन् ।

उनले सहकारीमैत्री नरहेका कानून संशोधन निर्वाचनपछि आउने नयाँ संसदले गर्ने बताइन् । अन्य नीतिगत विषयमा मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाई छ । कार्यक्रममा महासंघका प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनीक गर्नुपर्ने, सरकारसँग लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरु दिगोपना र स्तरबृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment