
२८ पुस, काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4