Comments Add Comment

ओली समूहको डोटी अध्यक्षमा रामबहादुर ऐर

२८ पुस, डोटी । नेकपा ओली समूहले डोटी जिल्ला अध्यक्षमा रामबहादुर ऐरलाई चयन गरेको छ । ओली समूहले आयोजना गरेको जिल्ला कमिटीको विस्तारित बैठकले ऐरलाई अध्यक्षमा र लक्ष्मण मलासीलाई सचिवमा चयन गरेको हो । साविकको नेकपा सचिवालय सदस्य समेत रहेका ऐर जिल्ला समन्वय समितिका प्रमुख पनि हुन् ।

विस्तारित बैठकले साविकको जिल्ला कमिटीका अध्यक्ष चक्रबहादुर मल्ल र सचिव जंगबहादुर विकलाई पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । हटाइएका दुवै जना प्रचण्ड–माधव समूहमा छन् ।

बैठकले जिल्ला कमिटी विस्तार गरी दुई सय ९९ सदस्यीय बनाएको छ । बैठकले जिल्लाका नौ वटै स्थानीय तहमा कमिटी विस्तार गर्ने निर्णय ऐरले जानकारी दिए । १३५ जना जिल्ला कमिटी सदस्यमध्ये ६१ जना आफ्नो समूहमा उपस्थिति रहेको ओली समूहले दाबी छ ।

यसअघि प्रचण्ड–माधव समूहले विस्तारित बैठक सम्पन्न गरेको थियो । उक्त समूहले वडास्तरमा भेलाहरु आयोजना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment