+
+
Shares

दसैंमा कालीमाटी बजार भित्रियो २८ लाख किलो तरकारी, फलफूल र माछा

१ देखि ८ कात्तिकसम्म कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंको मुख्य ८ दिनमा कालीमाटी बजारमा २७ लाख ९४ हजार २ सय २१ किलो तरकारी, फलफूल, मसला, माछा र अन्य वस्तु भित्रिएको छ ।
  • यस अवधिमा २१ लाख ९१ हजार ३ सय २९ किलो हरियो तरकारी, ३ लाख ८३ हजार ३ सय किलो फलफूल र ८८ हजार २ सय ९७ किलो माछा भित्रिएको तथ्यांक छ ।
  • हिजो शनिबार ६ लाख ११ हजार ८ सय ७५ किलो वस्तु भित्रिएको थियो भने आज जम्मा १ लाख ३९ हजार १ सय ५ किलोमात्र बजार आएको छ ।

८ कात्तिक, काठमाडौं । दसैं आजदेखि सकिँदै छ । दसैंको समयमा माछामासुसँगै हरियो तरकारी र फलफूल पनि अत्यधिक खपत हुने गर्छ ।

दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै २८ लाख किलो कृषि उपज तथा माछा भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस अवधिमा कुल २७ लाख ९४ हजार २ सय २१ किलो तरकारी, फलफूल, मसला, माछा र अन्य वस्तु बजार भित्रिएको हो ।

समितिको तथ्यांक अनुसार यो ८ दिनमा सबैभन्दा बढी हरियो तरकारी भित्रिएको छ । यस अवधिमा कालीमाटी बजारमा २१ लाख ९१ हजार ३ सय २९ किलो हरियो तरकारी भित्रिएको छ ।

त्यसैगरी फलफूल खपत पनि उच्च देखिएको छ, जसअनुसार ३ लाख ८३ हजार ३ सय किलो फलफूल र १ लाख ११ हजार ७ सय ४० किलो मसलाजन्य उपज बजार आएको तथ्यांकले देखाएको छ ।

मासुजन्य वस्तु अन्तर्गत यस बजारमा माछाको मात्र कारोबार हुने हुनाले यो अवधिमा ८८ हजार २ सय ९७ किलो माछा भित्रिएको छ । यसबाहेक अन्य विविध वस्तु १९ हजार ५ सय ५५ किलो भित्रिएका छन् ।

दैनिक भित्रिएको तथ्यांक विश्लेषण गर्दा दसैंको समयमा बजारमा निकै उतारचढाव देखिएको छ । ८ दिन अवधिमा सबैभन्दा धेरै कृषि उपज हिजो शनिबार भित्रिएको देखिन्छ । उक्त दिन मात्रै ६ लाख ११ हजार ८ सय ७५ किलो वस्तु बजार आएको थियो ।

त्यसैगरी आज सबैभन्दा कम वस्तु भित्रिएको छ । आज जम्मा १ लाख ३९ हजार १ सय ५ किलोमात्र तरकारी, फलफूल र माछा बजार आएको छ ।

दसैंको समयमा काठमाडौं उपत्यकाबाट लाखौं मानिस बाहिरिने भए पनि यहाँ बाँकी रहेका उपभोक्ताको उच्च माग धान्न कालीमाटी बजारले निरन्तर आपूर्ति गरिरहेको थियो ।

काठमाडौं उपत्यका बाहिर दसैं मनाउन गएका सर्वसाधारण काठमाडौं फर्किन थालिसकेकाले बजारमा चहलपहल बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?