+
+
Shares

काठमाडौंमा कस्तो छ तरकारी आपूर्ति अवस्था ?

वर्षा र बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा भित्रिएका अधिकांश तरकारी महँगिएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबारदेखि परेको निरन्तर वर्षा र बाढीपहिरोले राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा आपूर्ति प्रभावित भएको छ ।
  • ७ असोजमा कालीमाटीमा ६ लाख १३ हजार ५ सय ८० किलो तरकारी र ८१ हजार ४ सय ७५ किलो फलफूल भित्रिएको थियो ।
  • ९ असोजमा आपूर्ति सबैभन्दा धेरै घटेर २ लाख २ हजार २ हजार ३६ किलो तरकारी र २५ हजार ४ सय ८६ किलो फलफूल मात्र बजारमा भित्रिएको छ ।

११ असोज, काठमाडौं । बुधबारदेखि देशभरि परेको निरन्तर वर्षा र त्यसपछिको बाढीपहिरोले मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध हुँदा देशको सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा कृषि उपज आपूर्ति प्रभावित भएको छ ।

कालीमाटी तरकारी बजार विकास समितिको ७ देखि ११ असोजसम्मको आपूर्ति तथ्यांक विश्लेषण गर्दा दुई दिनमा सुधार आएको भने देखिन्छ ।

७ असोजमा कालीमाटी बजारमा ६ लाख १३ हजार ५ सय ८० किलो तरकारी र ८१ हजार ४ सय ७५ किलो फलफूल भित्रिएको थियो, जुन सामान्य अवस्थाको आपूर्ति थियो ।

तर, वर्षा र पहिरो प्रभाव बढ्दै जाँदा ८ गते तरकारी आगमन ५ लाख ५५ हजार ९ सय ४ किलो र फलफूल ७४ हजार १ सय ५ किलोमा खुम्चिएको थियो ।

सडक अवरुद्धको सबैभन्दा ठूलो असर ९ असोजमा देखियो । यस दिन बजारमा अघिल्ला दिनका तुलनामा भारी गिरावट आउँदै जम्मा २ लाख २ हजार २ हजार ३६ किलो तरकारी र २५ हजार ४ सय ८६ किलोमात्र फलफूल कालीमाटी भित्रियो ।

१० असोजदेखि भने आपूर्तिमा सुधार आएको छ । सबैभन्दा कम आपूर्ति भएको ९ गतेको तुलनामा १० गते बजारमा तरकारी र फलफूल आगमन ह्वात्तै बढेको छ ।

तथ्यांक अनुसार १० असोजमा ४ लाख ७७ हजार ७ सय ८ किलो तरकारी र ५३ हजार ४५ किलो फलफूल बजारमा भित्रिएको छ । यो अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा धेरै वृद्धि हो ।

त्यसैगरी आज १ लाख ९ हजार ५६ किलो तरकारी र २० हजार २ सय ६६ किलो फलफूल भित्रिएको उल्लेख छ ।

वर्षा र बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा भित्रिएका अधिकांश तरकारी महँगिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?