Comments Add Comment

कोरोना खोपका लागि सरकारले गुहार्‍यो दाता

२९ पुस, काठमाडौं । कोरोनाविरुद्धको खोप खरिद गरी निःशुल्क वितरण गर्न भन्दै सरकारले दाताहरु गुहारेको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर कोरोना खोप कोषमा रकम जम्मा गरिदिन दाताहरुलाई आह्वान गरेको हो ।

दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संघ संस्थाहरुलाई कोरोना खोप कोषमा रकम जम्मा गरिदिन मन्त्रालयले भनेको छ ।

खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरुलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै मन्त्रालयले दातृ निकाय र परोपकारी संस्थाहरुलाई गुहारेको हो ।

रकम संकलन गर्न टेकुस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गरिएको छ ।

उक्त कोषको आयव्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै सोको लेखा परीक्षण प्रचलित कानुन बमोजिम गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment