Comments Add Comment

गीत र एक्सनले भरिएको ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर

रिलिजको ३ दिन अगाडि मात्र सार्वजनिक गरिएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ । तर, चलचित्रको ट्रेलरमा कलाकारको संवाद समावेश गरिएको छैन ।

लकडाउनपछि रिलिज हुन लागेको पहिलो नयाँ नेपाली चलचित्र भएकाले पनि यसप्रति चलचित्र क्षेत्रकै आशा जोडिएको छ । तर, निर्माणपक्षले ट्रेलरमा संवाद प्रयोग नगर्दा दर्शक हलसम्म आकर्षित हुने एउटा पाटो भने कमजोर देखिएको छ ।

चलचित्रको ट्रेलरमा नायक शिव श्रेष्ठको एक्सन र चलचित्रमा रहेका २ वटा गीत समावेश गरिएको छ । चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ ।

ट्रेलरमा शिव र प्रियंकाको प्रेम दर्शाउन खोजिएको छ । चलचित्रको ट्रेलर र गीतले दर्शकलाई बलियो तरिकाले आकर्षित गर्न नसकिरहेको समयमा चलचित्रको व्यापार कस्तो हुन्छ भन्ने वुझ्नका लागि शुक्रबारसम्म प्रतिक्षा गर्नैपर्छ । दिपेश सापकोटा निर्देशित यो चलचित्रलाई दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment