Comments Add Comment

ट्रम्पमाथिको महाभियोगको प्रस्तावमा सहयोग गर्दै रिपब्लिकनका सांसद

२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावमा ट्रम्पको आफ्नै पार्टीका सांसदहरुले पनि सहयोग गर्ने भएका छन् ।

रिपब्लिकन पार्टीकी तेस्रो वरिष्ठ सांसद लिज चेनीले गत साता संसद भवनमा भएको हिंसात्मक प्रदर्शनपछि आफूले ट्रम्पविरुद्धको महाभियोगको पक्षमा मतदान गर्ने बताएकी छिन् ।

अमेरिकी पूर्वराष्ट्रपति डिक चेनीकी छोरी लिज चेनीले पनि महाभियोगको समर्थन गर्ने बताएकी छिन् । रिचर्ड नेक्सनपछि राष्ट्रपतिमाथिको महाभियोग प्रस्तावको पक्षमा आफ्नै पार्टीका सांसदले मतदान गर्न लागेका हुन् ।

लिज चेनीले एक विज्ञप्ति जारी गर्दै यसअघि अमेरिकाको कुनै पनि राष्ट्रपतिले आफ्नो कार्यालय र संविधानसँग यति ठूलो विश्वासघात नगरेको बताएकी छिन् । लिजले ट्रम्पले भिड जम्मा पारेर हिंसात्मक प्रदर्शन गराएको आरोप लगाएकी छिन् । यसअघि जनवरी ६ मा संसद् बैठक चलिरहेको समयमा ट्रम्पका समर्थकहरुले हिंसात्मक प्रदर्शन गरेका थिए ।

तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सका अन्य दुई सांसद जोन काटको र एडम किंनिजरले पनि महाभियोगको पक्षमा मतदान गर्ने बताएका छन् । २० जनवरीमा जो बाइडनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment