+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

चिसो प्रभावितलाई कम्बल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १३:०३

२९ पुस, वीरगञ्ज । वीरगञ्जमा चिसोबाट प्रभावित विद्यार्थी तथा थुनुवालाई कम्बल वितरण गरिएको छ । सामाजिक कार्य गर्दै आइरहेको रुँगटा वेयल फेयर सोसाइटीले ५० थान कम्बल वितरण गरेको हो ।

सोसाइटीले वीरगञ्ज महानगरपालिका–१० स्थित ‘आमाको माया’ छात्राबासमा रहेका २५ जना विद्यार्थीका लागि ३० थान, वडा प्रहरी कार्यालय विर्ता र श्रीपुरमा रहेको थुनुवा कक्षका लागि १०/१० थान कम्बल वितरण गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल लगायतले विद्यार्थीलाई कम्बल हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?