Comments Add Comment

इजरायलद्वारा सिरियामा हवाई आक्रमण, कम्तीमा २३ को मृत्यु

Photo Credit : AFP

२९ पुस, काठमाडौं । पूर्वी सिरियामा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा सात सिरियाली सैनिक र १६ अन्य मुलुकका सैनिकको मृत्यु भएको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार इजरायली सेनाले उक्त क्षेत्रको १८ भन्दा भेरै स्थानमा आक्रमण गरेको थियो । बुधबार दिइएको जानकारी अनुसार इजरायली सेनाले गरेको यो आक्रमण सन् २०१८ यताकै सबैभन्दा धेरै मानिसको मृत्यु हुने गरी गरिएको आक्रमण हो ।

इजरायलले पूर्वी डेइर एज जोरदेखि सिरिया–इराकी सीमाको अल–बुकमाल मरुभूमिसम्मको क्षेत्रमा आक्रमण गरेको थियो । बेलायतस्थित नियामनकारी संस्थाका अनुसार मारिनेमा सात जना सिरियाली सेना रहेका छन् भने बाँकी १६ सेना कहाँका हुन् भन्ने खुल्न सकेको छैन ।

उक्त आक्रमणमा परी थप २८ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ । यो आक्रमणबारे जानकार अमेरिकी गुप्तचर संस्थाका अधिकारीले यो क्षेत्रमा इरानी हतियार भण्डारणको लागि काम भइरहेको कारण अमेरिकाको सहयोगमा इजरायली सेनाले आक्रमण गरेको हो ।

यस विषयमा इजरायली सेनाले भने कुनै प्रतिक्रिया दिएका छैन । सिरयाको स्थानीय समाचार एजेन्सी सानाका अनुसार बुधबार बिहान एक बजे यो आक्रमण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment