Comments Add Comment

५  महिनामा १०१ विदेशी देश निकाला

२९ पुस, काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ ।

अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सामान्यतयाः भिसा अवधि सकिएपछि पनि कतिपय विदेशी नेपालमा अनाधिकृत रुपमा बस्ने गर्छन् । उनीहरुलाई सरकारले जरिवानासहितका शुल्क छुट दिई देश निकाला गर्ने गर्छ ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गरी विदेशी नागरिकलाई देश निकाला गर्ने गरिन्छ ।

१३९५ जना कामदार भित्रिए

कोरोना महामारीका बीचमा नेपाली आयोजनामा काम गर्ने कामदार नेपाल आउन पाएका थिएनन् । यसबीचमा आयोजनाको काम समेत प्रभावित बनेको छ । अध्यागमन विभागका अनुसार ५ महिनाा १३९५ विदेशी कामदार नेपाल आएका छन् ।

उनीहरुले विभागबाट कामदारकै रुपमा भिषा लिएका हुन् । यसअवधिमा ५ जना पत्रकार नेपाल आएका छन् । एक यात्रुले ट्रान्जिट भई नेपाल छिरेका छन् ।

५४७० जना पर्यटकले अनअराइभल भिसा लिएका छन् । ८५६६ जना पर्यटकले भने भिसा थप गरेका छन् । ५ महिनामा ४८८ गैरआवासीय नेपालीले भिसा प्राप्त गरेका छन् ।

वैवाहिक भिसा लिनेको संख्या ५४६ रहेको विभागले जनाएको छ । अध्ययन भिसामा ४८० जना नेपाल आएका छन् ।

५ महिनाको अवधिमा विभागले ३० करोड ५ लाख ८२ हजार रपैयाँ राजस्व संकलन गर्ने सफल भएको छ । विभागबाट जारी भएको विभिन्न प्रकारको भिषा शूल्क तथा जरिवानावापत राजस्व संकलन हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment