Comments Add Comment

अमेरिकामा तल्लो सदनद्वारा ट्रम्पमाथिको महाभियोग प्रस्ताव पारित

१ माघ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदनले राष्ट्रपति ट्रम्पमाथिको माहाभियोग प्रस्ताव पारित गरेको छ । बुधबार हाउस अफ रिप्रिजिन्टेटिभ्समा भएको मतदानमा बहुमतले उक्त प्रस्ताव पारित भएको हो । अब उनको महाभियोगबारे माथिल्लो सदन सिनेटमा चर्चा हुनेछ ।

बुधबार तल्लो सदनमा भएको मतदानमा २३२ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने १९७ सांसद्ले विपक्षमा मतदान गरेका थिए । रिपब्लिकन पार्टीका १० सांसद्ले महाभियोग प्रस्तावको समर्थन गरेका थिए ।

गत ६ जनवरीमा अमेरिकाको संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनको लागि उक्साएको आरोपमा ट्रम्पमाथि महाभियोग प्रस्ताव लगिएको हो । उक्त प्रदर्शनमा एक प्रहरीसहित पाँचजनाको मृत्यु भएको थियो ।

यससँगै ट्रम्प अमेरिकाको इतिहासमा तल्लो सदनले दुईपटक महाभियोग प्रस्ताव पारित गरेको पहिलो राष्ट्रपति बनेका छन् । यसअघि सन् २०१९ को डिसेम्बरमा पनि ट्रम्पमाथिको महाभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । युक्रेनमा डेमोक्रेटिक पार्टीका जो बाइडनमाथि अनुसन्धान बढाउनको लागि दबाव दिएर अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा उनीमाथि महाभियोगको प्रस्ताव दायर गरिएको थियो । यद्यपि माथिल्लो संसद् सिनेटले भने उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

अहिले तल्लो सदनले पारित गरेको महाभियोगको प्रस्ताव पारित हुन सिनेटले पनि यो प्रस्ताव दुई तिहाइले पारित गर्नुपर्नेछ । यद्यपि सिनेटको बैठक अब जनवरी १९ अघि नबस्ने संकेत सिनेटका नेताहरुले गरिसकेको कारण अमेरिकामा ट्रम्प जनवरी २० भन्दा अघि हट्ने सम्भावना भने महाभियोग प्रस्ताव पारित भए पनि निकै कम देखिएको छ । यदि यसै साता सिनेटको बैठक बसेको अवस्थामा पनि टजनवरी २० सम्ममा ट्रम्पलाई हटाउने फैसला हुन नसक्ने सिनेटका नेताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment