Comments Add Comment

संगीत उल्लंघनकर्तालाई नेप्सिनेले दियो २१ दिने अल्टिमेटम

अन्तरराष्ट्रिय कम्पनी नेप्सिनेले नेपाली गीत संगीतलाई विना अनुमती विश्व बजारमा प्रयोग गरी कार्यक्रम आयोजना गर्ने आयोजक र प्रयोगकर्ताहरुलाई हालसम्म प्रयोग गरिएको गीत संगीतको लाइसेन्सिङ रोयल्टी तिर्न र सम्पूर्ण विवरण वुझाउन २१ दिनको अल्टिमेटम दिएको छ । अब, यो मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीतको प्रतिलिपी अधिकार उल्लंघन गरे वापतको रोयल्टी नेप्सिनेलाई वुझाउनुपर्नेछ ।

नेप्सिनेले रोयील्टी रकम सम्बन्धित हकवालालाई अत्याधुनिक प्रणालीद्धारा व्यक्तिको खातामै जम्मा गर्ने व्यवस्था गरेको छ ।

नेप्सिनेले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपाल भित्र होस् या बाहिर नै किन नहोस्, गीत संगीतको विना अनुमती व्यापक प्रयोग गरि कार्यक्रम आयोजकहरुले मोटो रकम उठाइरहेका छन् । संसारभरी गायक र गायिकाले कार्यक्रममा प्रस्तुति दिदा होस् या कसैले गीत संगीतलाई व्यवसायिक रुपमा प्रयोग गर्दा नै किन नहोस्, सबैले सम्बन्धित गीतको गीतकार, उत्पादक कम्पनी, संगीतकारबाट अनिवार्य रुपमा अनुमती लिनुपर्ने प्रावधान छ । तर, नेपालमा भने यसको अभ्यास देखिएको छैन ।’

विगत केही समयदेखि कम्पनीले सर्जकहरुसँग संझौता गरिरहेको नेप्सिनेले बताएको छ । यसले श्रष्टाहरुलाई ठूलो आर्थिक टेवा मिल्ने बताइएको छ । नेप्सिनेले हालसम्म एक सय भन्दा बढी सर्जकहरुसँग संझौता गरी र ५० हजार भन्दा बढी नेपाली गीतको व्यवस्थापन, वितरण र प्रकाशन गर्दै आएको विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment