Comments Add Comment

दरबारमार्गको सामसङ्ग डिजिटल प्लाजा विस्तार हुँदै

१ माघ, काठमाडौं । सामसङ्ग इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ । करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो  शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ ।

सामसङ्ग इलेक्ट्रोनिक्सका भाईस प्रेसिडेन्ट सुंग जुनपार्कले शोरुमको उद्घाटन गरेका छन् । सामसङ्ग प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरूमार्फत सुविधा पुर्‍याउदै आइरहेको छ ।

सामसङ्ग  डिजिटल प्लाजामा किउ एलईडी टिभी, एलईडी टिभी, रेप|mरिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइलफोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग  डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमाउच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment