 
																			२ माघ, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका–१ की ८० वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि उनी पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । २७ पुसमा कोरोना परीक्षण गरिएकोमा सोही दिन उनीमा संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको आइसोलेसनमा सारिएको थियो ।
रोगको प्रकृति अनुसार उनलाई अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4