+
+
Shares

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १३:२८

२ माघ, काठमाडौं । गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’

डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?