Comments Add Comment

बीमा कम्पनीले माग्यो मृत्युको प्रमाणपत्र, लाश लिएर अफिसमा पुगे आफन्तजन

काठमाडौं । तपाईं हामीमध्ये धेरैले जीवन बीमा गराएकै छौँ होला । बिमितले खुरुखुरु बीमा प्रिमियम चुक्ता गर्ने तर जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट लगाउने गरेको गुनासो सुन्न पाइन्छ ।

दक्षिण अफ्रिकामा पनि हालै यस्तै एउटा घटना भएको छ । जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो । उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे । तर बीमा कम्पनीचाहिँ सिफिसोको मृत्यु भएको पत्याउन तयार भएन । बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे ।

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment