Comments Add Comment

यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।

यो बर्ष बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतको चलचित्र रिलिज हुनेछन् ।

यो बर्ष नायक अक्षय कुमारको मात्र ५ वटा रिलिज हुने संभावना छ । अक्षयको चलचित्रहरु ‘सूर्यवंशी, बेल बटम, अतरंगी रे, पृथ्वीराज, रक्षा बन्धन, बच्चन पाण्डे’ यो बर्ष रिलिज हुनेछन् ।

यस्तै, अक्षयको जस्तै नायक तापसी पन्नुको पनि चलचित्र लाइनअप धेरै छ । उनको यो बर्ष ‘स्याबास मिथु, रश्मी रकेट, हसिन दिलरुबा, लुप लपेटा’ लगायतका चलचित्र रिलिज हुनेछन् ।

यो बर्ष बलिउडका ३ खान साहरुख, सलमान र आमिरको १–१ वटा चलचित्र रिलिज हुने संभावना छ । नायक साहरुख खानको ‘पठान’, नायक सलमान खानको ‘राधे’ र नायक आमिर खानको ‘लाल सिंह चड्ढा’ यो बर्ष रिलिज हुनेछन् ।

बलिउड ट्रेड एनालिस्टहरुका अनुसार अघिल्ला बर्षहरुको तुलानामा यो बर्षको सुरुवात कमजोर भैसकेको छ । अर्कोतिर, ५० प्रतिशत अकुपेन्सीमा मात्र दर्शकले चलचित्र हेर्न पाउने भएकाले बलिउडलाई घाटा लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment