+
+
Shares

युगाण्डामा मुसेभेनी विजयी घोषित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १५:०७
Photo Credit : REUTERS

४ माघ, काठमाडौं । युगाण्डामा लामो समयदेखि पदमा रहेका राष्ट्रपति योवेरी मुसेभेनी पुनः राष्ट्रपति पदका लागि निर्वाचित भएका छन् । युगाण्डाको निर्वाचन अधिकारीहरुले उनलाई विजयी घोषित गरेका हुन् । यद्यपि मुसेभेनीका प्रमुख प्रतिस्पर्धी बोबी वाइनले भने यो निर्वाचनमा सत्ताको दुरुपयोग गर्दै धाँधली भएको आरोप लगाएका छन् ।

युगाण्डाको निर्वाचन आयोगका अनुसार राष्ट्रपतीय निर्वाचनमा ५९ प्रतिशत भोट मुसेभेनीले पाएका छन् । प्रमुख प्रतिस्पर्धी वाइनले भने निर्वाचनमा ३५ प्रतिशत मत पाएको आयोगले बताएको छ । राष्ट्रपति मुसेभेनीले भने यो निर्वाचन युगाण्डाको इतिहासकै सबैभन्दा स्वच्छ निर्वाचन भएको दाबी गरेका छन् । प्रमुख प्रतिस्पर्धी वाइनले भने मुलुकमा इन्टरनेट पुनः सुरु गरिएसँगै निर्वाचनमा धाँधली भएको प्रमाणहरु सार्वजनिक गर्ने बताएका छन् ।

युगाण्डामा निर्वाचन हुनुभन्दा केही दिनअघि मात्र इन्टरनेट बन्द गरिएको थियो । यसलाई निर्वाचन निरीक्षकहरुले भने विरोध गर्दै आएका छन् । युगाण्डाका एक मन्त्रीले अब छिटै नै इन्टरनेट सेवा पुनः सुरु हुने बताएका छन् । राष्ट्रपतिमा उम्मेदवारी दिएका वाइनले भने आफ्नो परिवारका कसैलाई पनि सेनाले घरबाट बाहिर निस्किन नदिएको आरोप लगाएका छन् । साथै सबै सञ्चारकर्मी र अन्तर्राष्ट्रिय प्रतिनिधिलाई पनि आफूसँग भेट्न नदिएको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?