+
+
Shares

कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १६:५७

४ माघ, काठमाडौं । कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक वेबपोर्टल ह्याक भएको छ । ह्याकरहरुका कारण वेबसाइटमा आउन चाहने ट्राफिक अर्कै साइटमा पुग्ने गरेको समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए ।

‘साइट ह्याक भएको केही समय भयो, कालीमाटी बजारको सबै सूचना उपभोक्ताले पाएका छैनन्, सूचना हेर्न आउने ग्रहकहरु डाइभर्ट भएर अन्तै पुग्ने गरेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने ।

वेबसाइट ह्याक हुँदा बजारमा पाइने तरकारी तथा फलफूलका साथै व्यवसायी सूचना उपलब्ध गराउन नसकिएको बजार विकास समितिले जनाएको छ ।

अस्थायी प्रयोजनका लागि तत्काल नयाँ साइट बनाए पनि अझै प्रभावकारी ढंगले प्रयोगमा आउन नसकेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?