+
+

राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १८:२१

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथलीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली ईकाइको हालै सम्पन्न एकता अधिवेशनले कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा वासु रिजाल, सचिवमा वेदनिधि (वि.एन.) सापकोटा, सहसचिवमा लुमणि खनाल, कोषाध्यक्षमा प्रकाश पोखरेल तथा सदस्यहरुमा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?