Comments Add Comment

इन्टरसँग युभेन्ट्स पराजित

५ माघ, काठमाडौं । साविक विजेता युभेन्ट्स इटालियन सिरी ए मा इन्टरसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई २-० ले पारजित गरेको हो । जितपछि इन्टरले सहरी प्रतिद्वन्दी एसी मिलानसँग अंक बराबरी गरेको छ ।

घरेलु मैदानमा इन्टरलाई जिताउन युभेन्ट्सका पूर्व खेलाडी अर्टुरो भिदाल र निकोलो बारेलाले एक एक गोल गरे ।

खेलको १२औं मिनेटमै भिदालले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा बरेलाले गोल गरे ।

जितपछि २० खेलबाट ४० अंक जोडेको इन्टरले लिग लिडर एसी मिलानसंग अंक बराबरी गरेको छ । एसी मिलानले एक खेल कम खेलेको छ । समा अंक भएपनि हेड टु हेडमा एसी मिलान अघि रहेको हो ।

१७ खेलबाट ३३ अंक रहेको युभेन्ट्स पाँचौ स्थानमा छ । लिग लिडर मिलान र दोस्रो स्थानको इन्टर भन्दा युभेन्ट्स ७ अंकले पछि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment