Comments Add Comment

पौडेललाई भेट्न निवासमै पुगे देउवा

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास पुगेका छन् ।

सोमबार अपरान्ह देउवा बोहराटारस्थित पौडेलनिवासमा पुगेका देउवा निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल गर्न देउवा पौडेल निवास गएका हुन् । पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताले काम गर्दै आइरहेका छन् ।

त्यसलाई अन्तिम रुप दिने विषयमा देउवा र पौडेलबीच छलफल हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment