Comments Add Comment

कलंकीको खड्का गाउँमा आगलागी, एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । कोठा न्यानो बनाउन भन्दै हिटर बालेर सुतेका बेला कोठाभित्र आगलागी हुँदा काठमाडौंको कलंकी खड्का गाउँका एक व्यक्तिको मृत्यु भएको छ ।

८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

खड्का घरको दोस्रो तलामा हिटर बालेर सुतेका थिए । हिटर बालेको बेला विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

केही जलेकोजस्तो गन्ध आएपछि कोठाभित्र हेर्दा शरीरको अधिकांश भाग जलेको अवस्थामा खड्का मृत फेला परेको घरका सदस्यहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment