+
+
Shares

विजय प्रकाश विन स्मृति पुरस्कारबाट पत्रकार खतिवडा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १७:३४

६ माघ, वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका संस्थापक अध्यक्ष शंकर खतिवडालाई वीरगञ्जमा सम्मान गरिएको छ । स्व. विजय प्रकाश विन स्मृति पत्रकारिता पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।

स्व. बिन्दु देवी पाण्डे स्मृति प्रतिष्ठानले स्व. पत्रकार विजय प्रकाश विनको नाममा पुरस्कार स्थापना गरेको थियो ।

प्रतिष्ठानको तर्फबाट मंगलबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले खतिवडालाई नगद ११ हजार १ सय १ रुपैयाँ, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पत्रकार खतिवडा २०३७ सालदेखि नै पत्रकारितामा सक्रिय छन् । उनले विगतमा भन्दा पत्रकारिता क्षेत्रमा जोखिम घटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?